फुलबारीमा अज्ञात महिलाको शव उद्धार

फुलबारी : फुलबारीमा अज्ञात महिलाको शव उद्धार भएको छ। आज बिहान फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चेङ्गराबन्दा इलाकाको एउटा सब क्यानल नजिक अज्ञात महिलाको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान सडक नजिक सब क्यानलमा महिलाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूको अनुमान अनुसार मृतक महिला मानसिक रूपमा अस्वस्थ्य थिइन्। यसभन्दा अघि तिनलाई इलाकामा देखिएको थिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *