फुलबारीमा अल इन्डिया मतुआ, नमशूद्र औ शरणार्थी विकास परिषद्को सभा

राजगञ्ज : अल इन्डिया मतुआ, नमशूद्र औ शरणार्थी विकास परिषद्को सभा आज फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व धनतला नतुनहाटमा सम्पन्न भयो। अखिल भारतीय मतुआ, नमशूद्र औ शरणार्थी विकास परिषदका चेयरम्यान रञ्जित सरकारले बताएअनुसार मतुआ, नमशुद्र तथा शरणार्थीहरूलाई पहिलेदेखि नै आवश्यकीय कागजपत्र लगायत अन्य विविध समस्या थियो भने मुख्यमन्त्री ममता ब्यानर्जीले तीमध्ये केही समस्याको समाधान गरिदिएकी छन्। यस विषयबारे तिनीहरूलाई अवगत गराउन साथै सबैले ती सुविधाहरूको लाभ उठाउन सकोस् भन्ने उद्देश्य लिएर आज सभाको आयोजना गरेर चर्चा परिचर्चा गरिएको तिनले बताए। उक्त सभामा मतुआ, नमशूद्र औ शरणार्थी विकास परिसद्को राज्य कमिटीका चेयरम्यान रञ्जित सरकार, मतुआ महासंघको जलपाईगढी जिल्ला कमिटीका सदस्य रञ्जन सरकार, शरणार्थी सेलको अञ्चल कमिटीका सदस्य सञ्जीवन सरकार, ग्राम पञ्चायत प्रधान दिलीप राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *