फुलबारीमा अनियन्त्रित भएर ट्रक पल्टिँदा भाग्यले बाँचे चालक

राजगञ्ज : फुलबारीमा मकै लादेको एउटा ट्रक अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ट्रक चालक भाग्यले बाँचे। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज साँझ मकै लादेको एउटा ट्रक सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ट्रक चालकले कुनै प्रकारले वाहनबाट बाहिर निस्केको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त ट्रकलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *