फुलबारीमा अनियन्त्रित भएर पल्टियो अण्डा बोकेको लरी

फुलबारी: फुलबारीको आमारदिघी इलाकामा अण्डा बोकेको एउटा लरी अनियन्त्रित भएर पल्टियो। घटनापछि इलाकाका मानिसहरू भुइँमा झरेको अण्डा टिप्न तैछाड-मैछाड गरेको देखियो। प्राप्त जानकारीअनुसार एउटा अण्डा बोकेको लरी आन्ध्रप्रदेशबाट असमतर्फ गइरहेको समय फुलबारीको आमारदिघी इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा वाहनलाई बचाउने प्रयास गर्दा लरी अनियन्त्रित भएर पल्टिँदा चालक सामान्य घाइते भएका छन्।


उक्त दुर्घटनामा लरीमा रहेको केही अण्डाहरू नष्ट भएको छ भने स्थानीय मानिसहरूले धेरै मात्रामा अण्डाहरू लिएर गएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *