फुलबारीमा असहाय मानिसहरूलाई कम्बल वितरण

फुलबारी : राजगञ्जका समाजसेवी जनाब अलीको पहलमा आज असहाय मानिसहरूलाई कम्बल वितरण गरियो। सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चुनाभाटी इलाकामा आज एउटा कार्यक्रमको माध्यमद्वारा असहाय मानिसहरूलाई कम्बल वितरण गरियो। फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान दिलीप राय र समाजसेवी जनाब अलीले आज लगभग 125 जना असहाय मानिसहरूलाई कम्बल वितरण गरे। समाज सेवी जनाब अलीले बताएअनुसार जाँडोको मौसममा असहाय मानिसहरूलाई ध्यानमा राखेर आज लगभग 125 जना असहाय मानिसहरूलाई कम्बल वितरण गरिएको हो। आगामी दिनमा पनि असहाय मानिसहरूलाई सहयोग गर्ने तिनले बताए। यस अवसरमा उप प्रधान बदीउल मोहम्मद, खगेन बर्मन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *