फुलबारीमा अवैध पार्किङको समस्या समाधान भएपछि गाउँलेहरूमा खुसी

राजगञ्ज :  फुलबारीमा ट्राफिक बुथ स्थापित गरेर अवैध पार्किङ समस्याको समाधान भएपछि पर्यटकहरू लगायत स्थानीय मानिसहरूले राहतको श्वास फेरेका छन्। फुलबारी मोड़देखि सीमान्त चेकपोस्टसम्म चार लेन, एशियाई राजमार्ग 2-को किनारमा मालवाही ट्रकहरूको अवैध पार्किङले गर्दा दिनहुँ ट्राफिकको समस्या हुने गर्दथ्यो। प्रशासन र पुलिसको तर्फबाट छापामारी तथा  कठोर चेताउनी दिए तापनि कुनै समाधान नभएपछि केही दिन अघि पुलिस कमिश्नरेटको तर्फ फुलबारी मोड़मा ट्राफिक बुथको उद्घाटन गरियो। अर्कोतिर,  उद्घाटनको दिन सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आफै इलाकाको परिभ्रमण गर्नको साथै ट्रक चालक, मालिक तथा व्यवसायीहरूको एशियन हाईवे 2 -मा अवैध रूपमा पार्क नगर्ने चेताउनी दिएपछि अवैध पार्किङमा लगाम लागेको बताइएको छ। इलाकावासीहरूलाई सड़कमा अवैध पार्किङको धेरै समस्या भइरहेको थियो भने हाल ट्राफिक बुथ स्थापित गरेपछि अवैध पार्किङको समस्या पूर्ण रूपमा बन्द भएको छ। तथापि, त्यहाँको स्थितिमाथि पुलिसले नजर राख्न आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *