फुलबारीमा भवैया सङ्गीत प्रतियोगिताको आयोजना

राजगञ्ज : पश्चिम बंगालको पछौटे वर्ग कल्याण समितिको तर्फबाट फुलबारी-2 नम्बर ग्राम पञ्चायत अन्तर्गत ममतापाड़ा बजारमा 31औँ राजगञ्ज ब्लक भवैया सङ्गीत प्रतियोगिताको आयोजना गरियो। जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनले यस प्रतियोगिताको विधिवत् रूपमा उद्घाटन गरे। यस प्रतियोगितामा लगभग 66 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका छन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्की सभाधिपति उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, पञ्चायत समितिकी अध्यक्ष पूर्णिमा राय, बीडीओ एनसी शेर्पा, जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिक, ग्राम पञ्चायतका प्रधान दिलीप रायलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *