फुलबारीमा बिजुलीको करेन्ट लागेर ट्रकको खलासी घाइते

राजगञ्ज : फुलबारीको जियागञ्ज मोड़मा रहेको सुँगुरको फार्ममा बिजुलीको तारको सम्पर्कमा  आउँदा करेन्ट लागेर ट्रकको एकजना खलासी गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार राजगञ्जको फुलबारी अन्तर्गत पर्ने जियागञ्ज मोड़मा रहेको एउटा सुँगुरको फार्ममाथि 11 हजार भोल्टको बिजुलीको तार रहेकोले आज बिहान ट्रकको खलासी उक्त तारको सम्पर्कमा आउँदा करेन्ट लागेर तिनी गम्भीर रूपमा घाइते भएका छन्। ट्रकका चालक अनिल कुमारले बताएअनुसार तिनीहरूले हरियाणाबाट सुँगुर लिएर उक्त फार्ममा आएक थिए भने ट्रकबाट सुँगुरहरू झार्नको लागि खलासी ट्रकमाथि चढ्दा बिजुलीको तारको सम्पर्कमा आएर गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि खलासीलाई घाइते अवस्थामा उद्धार गरेर सिलगढीको एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। सुँगुर फार्मका म्यानेजर आकाश सिंहले बताएअनुसीर फार्ममा आउने ट्रकका चालकहरूलाई बारम्बार बिजुलीको तारबारे सतर्क गराए तापनि लापर्वाहीको कारण यस प्रकारको घटना हुने गर्दछ। बिजलीको तारलाई हटाउनको लागि बिजुली आपूर्ति विभागलाई आवेदन गरिने तिनले बताए। स्मरण रहोस्, गत महीनामा पनि यस्तै प्रकारको घटना भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *