फुलबारी, 13 मार्च (निसं): बाइक र चारचक्के वाहन आपस्तमा ठोक्किँदा एकजना घाइते भएको छ। घटना बिहीबार सिलगढी संलग्न फुलबारी दुई नम्बर ग्राम पञ्चायत राजीव मोड क्षेत्रमा घटेको हो। घाइते युवकको नाम मूसा अली हो। उनी फुलबारी क्षेत्रका निवासी हुन्।
स्थानीय सूत्र अनुसार, युवक बाइकमा सवार भएर फुलबारीको बटतला मोडबाट फुलबारी सीमा तर्फ जाँदै थिए। त्यतिबेला राजीव मोड क्षेत्रमा एउटा चारचक्के वाहन अचानक आइपुग्दा ठोक्कियो। यसपछि बाइक सवार घाइते भए। स्थानीयहरूले घाइते बाइक सवारलाई उद्धार गरेर फुलबारीको एउटा नर्सिङ होममा पुऱ्याए।
घटनाको खबर पाएपछि फुलबारी हाईवे ट्राफिक पुलिस र न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा आइपुगे। पुलिसले दुर्घटनामा संलग्न बाइक र वाहनलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरु गरेको छ।