फुलबारीमा कोरोना भ्याक्सिनमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै स्थानीयहरूद्वारा विक्षोभ

फुलबारी : कोरोनाको भ्याक्सिनमा भ्रष्टाचार गरेको आरोप लगाउँदै मानिसहरूले आज टीकाकरण केन्द्र अघि विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पुटीमारीको राङलीभिटा स्वास्थ्य केन्द्रमा आयोजना गरिएको कोरोना टीकाकरण शिविरमा स्थानीय धेरैजना मानिसहरू बिहानैदेखि लाइनमा उभिएका थिए। धेरै समयसम्म लाइनमा उभिए तापनि तिनीहरूलाई कोरोनाको भ्याक्सिन नदिएर बाहिरबाट आएका मानिसहरूलाई भ्याक्सिन लगाइदिएको स्थानीय मानिसहरूको आरोप रहेको छ। कोरोनाको खोप लगाउन नपाएपछि आक्रोशित बनेर लाइनमा उभिएका मानिसहरूले स्वास्थ्य केन्द्र अघि विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *