फुलबारीमा धुपकाटी बनाउने कारखानामा आगलागी

फुलबारी : फुलबारीको एउटा धुपकाटी बनाउने कारखानामा आगलागी हुँदा मसिन सहित धुपकाटी बनाउने सामग्री जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज अपरान्ह फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चतुरागछ इलाकामा उक्त आगलागी भएको हो। घटनाको खबर पाएर सिलगढी र फुलबारीबाट दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 1 घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। कारखानाका मालिकले बताएअनुसार गत 3 महिनादेखि उक्त कारखाना बन्द अवस्थामा रहेको थियो। आज अचानक कारखानामा आगो लागेको खबर पाएपछि घटनास्थलमा आइपुगे। कारखाना भित्रबाट आगो लागेको होइन। कारखाना नजिकैको एउटा खाली जमिनबाट आगो लागेको हुनसक्ने तिनले आशंका व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *