फुलबारीमा दोस्रो इनटेक वेलको निर्माण कार्यको मेयर गौतम देवले गरे शिलान्यास

सिलगढी : फुलबारी पश्चिम धनतलामा दोस्रो इनटेक वेलको निर्माण कार्यको आज मेयर गौतम देवले शिलान्यास गरे। आगामी 3 महिनाको अवधिमा इनटेक वेलको निर्माण कार्य समाप्त हुने मेयरले बताए। यस अवसरमा जल विभागका मेयर परिषद् दुलाल दत्ता लगायत अन्य मेयर परिषद् तथा काउन्सिलरहरू उपस्थित थिए। मेयर गौतम देवले भने, उक्त इनटेक वेलको निर्माण कार्य समाप्त भएपछि सहरवासीले केही हदसम्म पिउने पानीको समस्याबाट मुक्ति पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *