फूलबारीमा द्वारे सरकार शिविरको मुख्यमन्त्रीले निरीक्षण गर्न सक्ने सम्भावना, पन्डाल बनाउने कार्य युद्धस्तरमा

राजगञ्ज: फूलबारीमा द्वारे सरकार शिविरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले परिभ्रमण गर्न सक्ने सम्भावना रहेकोले फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत कञ्चनबाड़ी फुटबल मैदानमा भव्य पण्डाल बनाउने काम तीव्र गतिमा चलिरहेको छ। राज्यका मुख्यमन्त्री आगामी 5 सेप्टेम्बरको दिन उत्तरकन्या आइपुग्ने भएका छन्। यस अवधि तिनले केही दिनसम्म प्रशासनिक बैठक गर्ने भएकी छन्। यसको साथै तिनले द्वारे सरकार शिविरको पनि निरीक्षण गर्ने छन्। जलपाइगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिकले भने, हालसम्म फूलबारी 2 नम्बर ग्राम पञ्चायतमा चारपल्ट द्वारे शिविरको आयोजना गरिसकेको छ।


 यसैगरी, 7 9 सेप्टेम्बरको दिन आमाइदिघी प्राथमिक विद्यालयमा शिविरको आयोजना गरिने भएको छ। प्रशासनिक सूत्र अनुसार मुख्यमन्त्रीले फूलबारीमा आयोजित गरिने द्वारे सरकार शिविरको निरीक्षण गर्न सक्ने छन्। तिनले बताए अनुसार आमाईदिघी स्कूल राष्ट्रीय राजमार्गको किनारमा रहेकोले मुख्यमन्त्री त्यहाँ आउँदा ट्राफिक जामको समस्या हुन सक्ने आशंकालाई ध्यानमा राखेर स्कूलको बद्ली कञ्चनबाड़ी फुटबल मैदानमा शिविरको आयोजना गरिने भएकोले पन्डाल बनाउने कार्य धमाधम चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *