फूलबारीमा दुईवटा दोकानमा आगो लाग्दा लाखौको सम्पति नष्ट

सिलगढ़ी:  सिलगढ़ी नजिक फूलबारीको मर्डर मोड़मा लागेको भयानक आग्नीकाण्डमा दुईवटा दोकान जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार आगलागीमा एउटा मोबाइलको अनि अर्को सेलुन दोकान जलेको छ। आगो लागेको स्थानीय मानिसहरूले देखेपछि यसबारे तिनीहरूले दमकल विभागलाई जानकारी दिए। आगो लागेको खबर पाउनसाथ दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। उक्त आगलागीको घटनामा लाखौं रूपियाँको सम्पत्ति नष्ट भएको छ। हालसम्म आगो के कारणले लाग्यो भन्नेबारेमा सटीक जानकारी थाहा नलागे तापनि सम्भवत: सट सर्किटको कारणले हुन सक्ने आशंका गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *