फुलबारीमा दुईवटा पक्का सडकको मेयर गौतम देवले गरे शिलान्यास

राजगञ्ज : फुलबारीमा दुईवटा पक्का सडकको सिलगढी नगरनिगमका मेयर गौतम देवले आज शिलान्यास गरे। फुलबारीको आमाईदिघी इलाकाको एसियन हाईवे 2 बाट राष्ट्रिय राजमार्ग 31 डी-लाई जोड्ने लगभग 700 मिटर कच्चा सडक र अन्धेरीझोडा इलाकाको लगभग 1 किलोमिटर कच्चा सड़कलाई पक्का सडक बनाइदिने इलाकावासीहरूले माग गरिरहेका थिए। यसैले जलपाईगढी जिल्ला परिषद्का कर्माध्यक्ष देवाशीष प्रामाणिकले उक्त दुईवटा सडकलाई पक्का सडक बनाउने पहल गरेका छन्।


जलपाईगढी जिल्ला परिषदको तर्फबाट यी दुईवटा सडक निर्माण गर्नको लागि लगभग 98 लाख रुपियाँ अनुमोदन गरिएको छ। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन, कर्माध्यक्ष देवाशीष प्रामाणिक, ग्राम पञ्चायत प्रधान दिलीप राय, उप प्रधान बदीउल आलम लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *