फुलबारीमा दुईवटा ट्रक ठोक्किँदा 2 जना घाइते

फुलबारी : फुलबारीमा दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 2 जना घाइते भएका छन्। उक्त घटना फुलबारीको जियागञ्ज इलाकामा घटेको हो। घाइतेहरूमा ट्रक चालक सुनील साहा र विनोद सिंह सामेल छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति एउटा ट्रक सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय फुलबारीको जियागञ्ज इलाकामा विपरीत दिशाबाट आइरहेको ट्रकसित ठोक्किँदा ट्रक चालकहरू घाइते भएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस र फुलबारी ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते दुई चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *