फुलबारीमा द्वारे रासन परियोजना मार्फत् रासन वितरण

सिलगढी : फुलबारी 2 नम्बर अञ्चलको पुटीमारी इलाकामा आज द्वारे रासन परियोजना मार्फत् रासन वितरण गरियो। राज्य सरकारको उक्त पहललाई लिएर स्थानीय मानिसहरूले खुसी प्रकट गर्दै धन्यवाद दिएका छन्। स्मरण रहोस्, विधानसभा चुनाउ अघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यवासीलाई घर-घरमा रासन पुर्‍याइदिने वचन दिएकी थिइन्। उक्त वचनलाई पालन गर्दै गत 15 सेप्टेम्बरदेखि द्वारे रासन परियोजना शुरू गरिएको थियो। स-साना इलाका भाग गरेर मिति र समय तय गरेपछि रासन डिलरको माध्यमद्वारा ग्राहकहरूसमक्ष रासन पुर्‍याउने कार्य भइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *