फुलबारीमा द्वारे सरकार शिविरको आयोजना

राजगञ्ज : राजगञ्जको फुलबारीमा द्वारे सरकार शिविर आजदेखि शुरू गरियो। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको आमारदिघी निम्न बुनियादी विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त शिविर आजदेखि शुरू गरेर आगामी 21 फरवरीसम्म चल्नेछ। उक्त शिविरमा 22 वटा काउन्टरको माध्यमद्वारा साधारण मानिसहरूलाई विभिन्न परिसेवा प्रदान गरिरहेको छ। प्रत्येक काउन्टरमा लक्खी भण्डार, स्वास्थ्य साथी कार्डको फारम वितरण तथा रेजिस्ट्रेसनको व्यवस्था गरिएको छ। यसको साथै शिविरमा आधार कार्ड, राशन कार्ड, स्टुडेन्ट क्रेडिट कार्ड, एससी-एसटी-ओबीसी सर्टिफिकेट लगायत विविध परिसेवा प्रदान गरिनेछ। यसबाहेक शिविरमा आईसीडीएस कर्नर तथा नानीको आमाहरूको लागि स्तनपान कक्षको पनि व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *