फुलबारीमा एकै रातमा केही दोकानहरूमा चोरी

राजगञ्ज : राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको बाइपास संलग्न क्यानल मोड इलाकामा एकै रातमा केही दोकानहरूमा चोरीको घटना घटेको छ। आज बिहान दोकानका मालिकहरू दोकान खोल्न आउँदा चोरी भएको बारे थाहा पाए। एकजना दोकानेले बताएअनुसार सधैँ झैँ हिजो साँझ 4 बजी दोकान बन्द गरेर घर गएका थिए भने आज बिहान दोकान खोल्न आउँदा दोकानमा रहेको केही नगद रुपियाँ सहित केही हजार रुपियाँको सामग्री चोरी भएको थाहा पाए।


दोकान पछिल्तिरको टिनको बार काटेर दुष्कृतिहरूले दोकानमा चोरी गरेको तिनले बताए। अर्कोतिर, यसको छेउमा रहेको पान दोकान, चिया दोकान र सेलुनमध्ये केही दोकानहरूमा पनि चोरी भएको बताइएको छ। घटनाबारे एनजेपी थाना पुलिसलाई जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *