फुलबारीमा एउटा प्लास्टिक कारखानामा आगलागी

फुलबारी: फुलबारीमा एउटा प्लास्टिकको कारखानामा आगलागीको घटना घटेको छ। आज बिहान फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चतुरागछ सिपाईपाडा इलाकास्थित एउटा कारखानाबाट स्थानीय मानिसहरूले धुवाँ निस्केको देखे। त्यस समय उक्त कारखाना बन्द रहेको थियो। स्थानीय मानिसहरूले आगलागीको घटनाबारे एनजेपी थाना पुलिस र दमकल विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। तथापि, आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet