फुलबारीमा एउटा वाहनमा आगलागी

राजगञ्ज : फुलबारीको 2 नम्बर ग्राम पञ्चायतको चतुरागछ इलाकामा एउटा माल बोकेको वाहनमा आगो लाग्दा इलाकामा भागदौड मच्चियो। तथापि, उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुगेको बताइएको छ। प्राप्त जानकारी अनुसार प्रतिदिन झैँ हिजो पनि घर अघि उक्त वाहन राखेको थियो। गत अबेर राति लगभग 12 बजी उक्त वाहनमा आगो लागेको देखेपछि स्थानीय मानिसहरूले आगोलाई निभाउने प्रयास गरे। यसपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ। के-कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे थाहा लागेको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *