फुलबारीमा घरभित्रबाटै टोटो चोरी

राजगञ्ज :  फुलबारीमा घरभित्रबाटै टोटो चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त घटना फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा घटेको हो। फुलबारी पश्चिम धनतला गाउँ निवासी श्यामल दास प्रतिदिन झैँ गत आइतबार पनि दिनभरि टोटो चलाएर राति घर फर्किआएपछि तिनले घरभित्र टोटो राखेका थिए भने आज बिहान 6 बजी टोटो चार्ज गर्न जाँदा घरबाटै टोटो हराएको थाहा पाए। यसपछि तिनले न्यु जलपाईगढी थानामा टोटो चोरी भएकोबारे लिखित अभियोग दर्ता गरे। घटनाको जाँच शुरू गरेको न्यु जलपाईगढी थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *