फुलबारीमा गृहिणीको हत्या गरेपछि युवक आफैले गरे आत्महत्या

फुलबारी : हत्या गरेको कुरालाई स्वीकार गरेपछि एकजना छिमेकी युवकले अन्तमा रेलवे लाइनमा गएर आफूले पनि आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। आज बिहान सिलगढी संलग्न फुलबारीको चतुरागछमा रिया विश्वास नाम गरेकी एउटी गृहिणीको घाँटीको नशा काटेर खुनले लतपत भएको अवस्थामा शव उद्धार भएको थियो। उक्त घटनाको केही क्षण पछि नै कामराङ्गागढी इलाकाको महानन्दा ब्रिज नजिक रेल लाइनबाट छिमेकी एकजना युवक किरण देवनाथको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार किरण र रियाको अवैध सम्बन्ध थियो भने केही दिन अघि रिया किरणसित भागेर गए तापनि पछि घर फर्कि आएकी थिइन्। यस विषयलाई लिएर गाउँमा सालिसी सभा पनि गरिएको थियो। यसपछि दुवै परिवारमाझ विवाद चलिरहेको थियो। गत राति किरण रियाको घरमा गएर रियाको घाँटीको नशा काटेर हत्या गरिदिएको बताइएको छ। यसपछि उक्त युवकले आफूले महिलाको हत्या गरेको कुरा स्वीकार गर्दै बनाएको एउटा भीडियो सामाजिक सञ्जालमा छोडेपछि रेल लाइनमा गएर आफूले पनि आत्महत्या गरे। उक्त घटनाले इलाकामा सनसनी मच्चियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *