फुलबारी महानन्दा नदीबाट अज्ञात व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारी महानन्दा नदीबाट आज अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार फुलबारी पश्चिम धनतलाको चुनाभट्टी इलाकाको महानन्दा नदीमा आज केही मानिसहरू माछा मार्न गएको समय एउटा मृतदेह तैरिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *