फूलबारी महानन्दा ब्यारेज संलग्न इलाकाबाट 2 वटा अजिङ्गर उद्धार

सिलगढी (निसं): फूलबारी महानन्दा ब्यारेज संलग्न इलाकाबाट 2 वटा ठूलो अजिङ्गर उद्धार भएपछि ईलाकामा आतङ्क फैलिएको छ। आज बिहान स्थानीय कर्मीहरूले काम गरिरहेको समय परित्यक्त पाइपभित्र 2 वटा अझिङ्गर देखे। यसपछि घटनाको जानकारी वन विभागलाई दिए। खबर पाउन साथ बैकुण्ठपुर फरेस्ट डिभिजनको डाबग्राम वन विभागका वनकर्मी घटनास्थलमा आइपुगेर उक्त दुवै वटा अजिङ्गरलाई उद्धार गरेर लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *