फुलबारी महानन्दा ब्यारेजमा अज्ञात युवकको शव उद्धार

राजगञ्ज : फुलबारी महानन्दा ब्यारेजमा अज्ञात युवकको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो स्थानीय मानिसहरूले फुलबारी महानन्दा ब्यारेजमा एउटा मृतदेह तैरिरहेको देखेपछि न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *