फुलबारी महानन्दा ब्यारेजबाट अज्ञात व्यक्तिको शव उद्धार

फाँसीदेवा : फाँसीदेवा थाना अन्तर्गत फुलबारी महानन्दा ब्यारेजबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज फुलबारी महानन्दा ब्यारेजको 7 नम्बर लकगेटमा एउटा शव अड्किरहेको देखेपछि फाँसीदेवा थाना पुलिसलाई घटनाबारे जानकारी दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस र डिजास्टर म्यानेजमेन्ट ग्रुपका कर्मचारीहरू घटनास्थलमा पुगेर लगभग घण्टौँको प्रयासपछि उक्त शव उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक व्यक्तिको उमेर लगभग 50 वर्ष रहेको छ। 15 दिन अघि तिनको मृत्यु भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। तथापि, हालसम्म मृतक व्यक्तिको परिचय जुटाउन सकेको छैन। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *