फुलबारी महानन्दा ब्यारेजमा अज्ञात महिलाको शव उद्धार

फुलबारी : फुलबारी महानन्दा ब्यारेजमा अज्ञात महिलाको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले फुलबारी महानन्दा ब्यारेजको लकगेटमा शव तैरिरहेको देखे। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान फुलबारी महानन्दा ब्यारेजमा एउटा शव तैरिरहेको देखेपछि घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *