फुलबारी महानन्दा ब्यारेजमा डुबेर निखोज भएका किशोरको शव उद्धार

फुलबारी : फुलबारी महानन्दा ब्यारेजमा नुहाउन जाँदा डुबेर निखोज भएका किशोर शव आज उद्धार गरेको छ। डीएमजी र एनडीआरएफ टोलीले संयुक्त रूपमा नदीमा खोजी अभियान चलाएर आज बिहान निखोज किशोर सुदीप पालको शव उद्धार गरेको बताइएको छ। स्मरण रहोस्, हिजो अपरान्ह फाँसीदेवा थाना अन्तर्गत राङ्गापानीको पालपाडा इलाकाका 6 जना फुलबारी महानन्दा ब्यारेजमा नुहाउन गएका थिए। तीमध्ये 16 वर्षीय सुदीप पाल पानीमा डुबेपछि तिनका साथीहरूले उद्धार गर्ने प्रयास गरे तापनि तिनलाई उद्धार गर्न सकेनन्। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस, डीएमजी र एनडीआरएफ टोली घटनास्थलमा पुगेर हिजो साँझसम्म किशोरको खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि आज बिहानैदेखि फेरि निखोज किशोर खोजी शुरू गरेपछि अन्ततः तिनको शव उद्धार भएको बताइएको छ। फाँसीदेवा थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *