फुलबारीमा हेलिप्याड नजिक हाट लगाउने विषयलाई लिएर उत्तेजना, व्यवसायीहरूद्वारा विक्षोभ

फुलबारी: मुख्यमन्त्री आउन अगावै फुलबारीको पूर्व धनतला इलाकामा हेलिप्याड नजिकको नयाँ हाट प्रशासनले हटाइदिएको थियो। मुख्यमन्त्री फर्केपछि आज फेरि त्यहीँ ठाउँमा हाट लगाउने क्रममा उत्तेजनाको माहौल देखापर्यो। व्यवसायीहरूले विक्षोभ प्रदर्शन गरे। स्मरण रहोस्, फुलबारी 2 ग्राम पञ्चायतको पूर्व धनता इलाकाको ईएसआई अस्पताल नजिक हेलिप्याड रहेको छ। यसको केही परतिर उत्तरकन्या छ। हेलिप्याड नजिकको सरकारी जमिनमा केही वर्षदेखि इलाकाका व्यवसायीहरूले हाट चलाइरहेका छन्। प्रत्येक बुधबार र आइतबारको दिन यहाँ हाट लाग्ने गर्दछ। गत 24 जनवरीको दिन प्रशासनले त्यहाँबाट उक्त हाटाइदिएको थियो। मुख्यमन्त्री कोलकाता फर्केपछि आजदेखि फेरि हाट लगाउने क्रममा उत्तेजनाको माहौल देखापर्नको साथै व्यवसायीहरूले विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर आश्वासन दिएपछि व्यवसायीहरूले विक्षोभ प्रदर्शन हटाएको बताइएको छ। हाट व्यवसायीहरूले बताएअनुसार 10-15 वर्षदेखि यहाँ हाट चलाइरहेका छौँ। लगभग 500 जना खुद्रा व्यवसायीहरू विभिन्न ठाउँबाट आएर यहाँ हाट थाप्ने गर्छन्। केही दिन अघि प्रशासनको तर्फबाट अन्य ठाउँमा हाट लगाइनेछ भनेपछि आफूहरूले यहाँबाट हाट उठाएका थियौँ। तर अहिलेसम्म पनि अर्को ठाउँमा हाट लगाउने व्यवस्था गरिएको छैन। यसैले आज फेरि पुरानो ठाउँमा हाट थाप्न आए तापनि त्यहाँ हाट थाप्न दिएन। सात दिनको अवधिमै आफूहरूलाई हाट थाप्ने ठाउँको व्यवस्था गरिदिनुपर्छ। यसो नभएको खण्डमा आगामी दिनमा अझ वृहत आन्दोलन गर्ने व्यवसायीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *