फुलबारीमा झुन्डिएको अवस्थामा 15 वर्षीय किशोरको शव उद्धार

राजगञ्ज :  फुलबारी 2 नम्बर ग्राम पञ्चायतको फुलबारी बजार इलाकामा झुन्डिएको अवस्थामा एकजना किशोरको शव उद्धार भएको छ। मृतक किशोर 15 वर्षीय जीत सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत साँझ परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा युवकलाई देखेपछि तत्कालै उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *