फुलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

फुलबारी (निसं): फुलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटना आज फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत चौगराबान्धा गाउँको हो। मृतक युवकको नाम पयसान्जू राय (28) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार आज साँझ पयसान्जू घरमा आएपछि सोझै आफ्नो कोठामा पस्यो। धेरै समयसम्म तिनी बाहिर ननिस्किएपछि तिनको आमा कोठामा गएर हेर्दा झुन्डिरहेको अवस्थामा युवकलाई उद्धार गरे। घटनाबारे पुलिसलाई खबर दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। परिवारका सदस्यहरूले आत्महत्याको सटीक कारण बुझ्न सकेका छैनन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *