फुलबारीमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार

फुलबारी (निसं): फुलबारीमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। उक्त घटना आज बिहान सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको सिपाहीपाडा इलाकामा घटेको हो। मृतक किशोरको नाम प्रतीक बर्मन (13) बताइएको छ। तिनी सातौँ श्रेणीका छात्र थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार प्रतिक आज बिहान उठेर आँगनमा खेलिरहेका थिए। यसपछि परिवारका सदस्यहरूले घरको  मन्दिर नजिक झुन्डिरहेको अवस्थामा प्रतिकको शव देखे। खेल्ने क्रममा यस प्रकारको घटना भएको हुनसक्ने अनुमान लगाइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *