फुलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज:  फुलबारीको 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने कञ्चनबारी इलाकामा झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक 21 वर्षीय राहुल रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत साँझ परिवारका सदस्यहरूले घरमा झुन्डिएको अवस्थामा उक्त युवकलाई देखेपछि तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल लगे तापनि चिकित्सकहरू तिनलाई मृत घोषित गरिदिए। पारिवारिक सूत्रले दिएको जानकारी अुनसार राहुलको आमा-बाबु सदा झैँ काममा गएका थिए भने साँझ घर फर्किआउँदा तिनीहरूले झुन्डिरहेको अवस्थामा राहुललाई देखे। न्यु जलपाईगढी पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *