फुलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारी ग्राम पञ्चायत कार्यालय संलग्न इलाकामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति बिहार निवासी बाहादुर माहातोको रूपमा चिन्हित गरिएको छ। मृतक व्यक्तिले फुलबारीको एउटा मिठाई दोकानमा काम गर्ने गर्दथे। स्थानीय सूत्रले दिएको जानकारी अनुसार बाहादुर माहातो प्रत्येक दिन कामबाट छुट्टी भएपछि नजिकैमा रहेको एउटा ग्यारेज घरमा सुत्ने गर्दथे। आज बिहान तिनी उठेर हातमुख धोएपछि घरभित्र पसे। यसपछि धेरै समय बितिसक्दा पनि तिनी घरबाट बाहिर ननिस्किएपछि दैलो भत्काएर हेर्दा झुन्डिरहेको अवस्थामा तिनको शव उद्धार भएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि न्यु जलपाईगढी पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *