फुलबारीमा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार

फुलबारी (निसं): फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत राजीव नगरको क्यानल बस्ती इलाकामा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतक महिलाको नाम सोमा राय (34) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार महिला आफ्नी आमा र सानो छोरासित बस्ने गर्थिन्। सोमा राय आज बिहान उठेर काम गरिरहेकी थिइन् भने त्यस समय तिनको आमा नजिकैको एउटा घरमा गएकी थिइन्। घरमा उक्त महिला एक्लै थिइन्। महिलाको आमा केही समयपछि घर फर्कि आउँदा दैलो बन्द देखेपछि तिनले दैलो खोलेर हेर्दा झुन्डिएको अवस्थामा छोरीलाई देखिन्। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *