फुलबारीमा झुन्डिएको अवस्थामा किशोरीको शव उद्धार

फुलबारी: फुलबारीमा झुन्डिएको अवस्थामा किशोरीको शव उद्धार भएपछि इलकामा सनसनी मच्चियो। उक्त घटना फुलबारी 2 नम्बर ग्राम पञ्चायतको युगीभिटा इलाकामा घटेको हो। मृतक किशोरीको नाम मुस्कान परवीन (16) बताइएको छ। तिनी नवौँ श्रेणीको छात्रा थिए। परिवार सूत्रले दिएको जानकारी अनुसार प्रत्येक दिन झैँ आज अपरान्ह पनि मुस्कान घरमै थिइन्। साँझको समय आमा घरमा जाँदा झुन्डिएको अवस्थामा मुस्कानको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। किशोरीको अस्वभाविक मृत्युले इलाकामा शोकको लहर छाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *