फुलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज :  राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व धनतला गाउँमा आज एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति 55 वर्षीय जगबन्धु मण्डलको रूपमा चिन्हित गरिएको छ।  पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तिनी प्रत्येक दिन झैँ खाना खाएर आफ्नो कोठामा सुत्न गएका थिए। आज बिहान परिवारका सदस्यले कोठामा झुन्डिरहेको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *