फुलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारीमा सडक किनारबाट झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति आसिघर संलग्न चयनपाडा निवासी अमित रायको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान फुलबारी ब्यारेज संलग्न इलाकामा उक्त व्यक्तिको झुन्डिरहेको शव देखेपछि न्यु जलपाईगढी पुलिसलाई यसबारे जानकारी दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *