फुलबारीमा झुन्डिएको अवस्थामा छात्राको शव उद्धार

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको छुट नावापाडा इलाकामा झुन्डिएको अवस्थामा छात्राको शव उद्धार भएको छ। मृतक छात्रा 16 वर्षीय दीपा साहाले यस वर्ष माध्यमिक परीक्षा दिएकी थिइन्। प्राप्त जानकारी अनुसार आज बिहान दीपाको आमा-बाबु कामको लागि घरबाट निस्केपछि तिनी घरमा एक्लै थिइन्। पछि दीपाको आमा घरमा आएपछि झुन्डिएको अवस्थामा छोरीको शव देखिन्। घटनाबारे पुलिसलाई खबर दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *