फुलबारीमा महानन्दा नदीबाट नवजात शिशुको शव उद्धार

फुलबारी: फुलबारीमा महानन्दा नदीबाट नवजात शिशुको शव उद्धार भएको घटनाले इलाकामा सनसनी मच्चियो। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चुनाभटी संलग्न महानन्दा नदीबाट नवजात शिशुको शव उद्धार भएको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज इलाकाका केही युवकहरू महानन्दा नदीमा माछा मार्न गएको समय नवजात शिशुको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शिशुको शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। एनजेपी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *