फुलबारीमा महिलाको शव उद्धार

फुलबारी : फुलबारी घोषपुकुर बाइपास इलाकामा आज बिहानै अज्ञात महिलाको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले फुलबारी घोषपुकुर बाइपास नजिक एउटी महिलाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक महिलाको परिचय थाहा लागेको छैन। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.