फुलबारीमा मानसिक रूपमा अस्वस्थ्य व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारीको आमाईदिघी इलाकाबाट मानिसक रूपमा अस्वस्थ्य व्यक्तिको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मानसिक रूपमा अवस्थ्य उक्त व्यक्ति फुलबारी इलाकामा घुम्ने गर्दथे भने आज बिहान स्थानीय मानिसहरूले आमाईदिघी इलाकामा तिनको शव देखे। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *