फुलबारीमा मस्जिदको ताला भत्काएर नगद रुपियाँ चोरी

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पुठीमारी संलग्न रङ्गालीभिटामा रहेको एउटा मस्जिदमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत राति चोरहरूले मस्जिदको ताला भत्काएर त्यहाँ रहेको दान पेटीबाट रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। मस्जिदका सदस्यहरूले बताएअनुसार दान पेटीबाट लगभग 50 हजार रुपियाँ चोरी भएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *