फुलबारीमा मोबाइल दोकानमा चोरी

राजगञ्ज : सिलगढी संलग्न फुलबारी बजारको ग्राम पंचायत कार्यालय नजिकस्थित एउटा मोबाइल दोकानको सटर भत्काएर लगभग 40 हजार रुपियाँको सर-समान चोरी भएको छ। प्राप्त जानकारीअनुसार दोकान मालिक राकेश अन्य दिनहरूझैँ सोमबार राति दोकान बन्द गरेर आफ्नो घर गए। आज बिहान स्थानीय मानिसहरूले उक्त दोकानको ताला भत्किएको देखेपछि यसबारे दोकान मालिकलाई खबर दिए। यसपछि तिनी दोकानमा आएर हेर्दा मोबाइलको विभिन्न उपकरणलगायत लगभग 40 हजार रुपियाँको समानको चोरी भएको बताइएको छ। उक्त दोकानमा जडान गरिएको सीसीटीभीमा चोरीको घटना कैद भएको छ। घटनाबारे दोकान मालिकले एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *