फुलबारीमा नगद रुपियाँ सहित लाखौँ रुपियाँको सुनको गरगहना चोरी

फुलबारी : घरमा कोही नरहेको फाइदा उठाएर चोरले अलमारी भत्काएर लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको छ। उक्त घटना गत राति सिलगढी सलंग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व सिपाहीपाडा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार घर मालिक अनुकूल साहाको फुलबारी बजारमा फलको दोकान रहेको छ। हिजो राति 10 बजी दोकान बन्द गरेर घर फर्कि आउँदा घरको दैलो भत्केको अवस्थामा देखे। घरभित्र पसेर हेर्दा आलमारी भत्केको र घरको सबै सर-समानहरू छरपस्ट अवस्थामा देखे। चोरले नगद 20 हजार रुपियाँ लगायत लगभग 4 लाख रुपियाँ मूल्यको सुन-चाँदीको बहुमूल्य गरगहना चोरी भएको थाहा पाए। यसपछि तिनले घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई सूचना दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। घर मालिक अनुकूल साहाले बताएअनुसार तिनको स्वास्नी सिलगढी माइता गएकी छन्। घरमा कोही नभएको फाइदा उठाएर चोरले घटनालाई अन्जाम दिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *