फुलबारीमा पीएचईको पाइप लाइन भत्केर पानी  बर्बाद, प्रशासन मौन

राजगञ्ज: पीएचई पानीको  पाइप लाइन भत्केपछि फुलबारीमा पानी बर्बाद भइरहेको छ। केही वर्ष अघिदेखि नै पानीको पाइप लाइन भत्के तापनि प्रशासनले यसतर्फ ध्यान नदिएको आरोप रहेको छ। फुलबारी वाटर ट्रिटमेन्ट प्लान्टबाट सिलगढी लगायत उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा शुद्ध पिउने पानीको आपूर्ति भइरहे तापनि फुलबारी 2 नम्बर ग्राम पञ्चायतका मानिसहरू शुद्ध पिउने पानीको आपूर्तिबाट हालसम्म वञ्चित रहेका छन्। स्थानीय मानिसहरूको भनाइअनुसार धेरै समय अघिदेखि आफूहरूले पीएचईको पानीको माग गर्दै आइरहे तापनि हालसम्म पुरा नगरिएको बताइएको छ।  पानीको पाइप लाइन भत्केकोले धेरै समयदेखि पीएचईको पानी सिँचाई नहरमा बगिरहेकोले गर्दा सिँचाई नहरको बाँध पनि क्षतिग्रस्त भइरहेको छ। यस्तो स्थितिमा पनि प्रशासनले कुनै ध्यान नदिएको तिनीहरूले गुनासो पोखेका छन्। अर्कोतिर, ग्राम पञ्चायत प्रधान दिलीप रायले पाइप लाइन भत्केर पानीको बर्बाद भएकोबारे आफूलाई थाहा नरहेको बताउँदै पानीको पाइप लाइन भत्केकोबारे पीएचई कार्यालयलाई पत्रचार गरेर अवगत गराउने तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *