फुलबारीमा रक्तदान शिविरको आयोजना

राजगञ्ज : फुलबारीको पश्चिम धनतलाको समाजसेवा संस्थाको पहलमा तथा ब्लड वरियर्स सिलगढीको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। यसको साथै गरिब तथा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री पनि प्रदान गरियो। उक्त शिविरमा 50 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने शिविरमा संग्रह गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइनेछ। यस विषयमा समाज सेवा संस्थाका सचिव मोहम्मद अनवर अलीले संस्थाको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरिएको साथै शिविरमा इलाकाका धेरैजना मानिसहरूले रक्तदान गरेको तिनले बताए। आगामी दिनमा पनि यस प्रकारको शिविरको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *