फुलबारीमा रक्तदान शिविरको आयोजना

सिलगढी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर फुलबारी 1 नम्बर अञ्चल तृणमूल कङ्ग्रेस कमिटीले आज रक्तदान शिविरको आयोजना गर्यो। अम्बिकानगर पार्टी कार्यालयमा आयोजना गरेको शिविरमा तृणमूल कङ्ग्रेसको डाबग्राम-फुलबारी ब्लक सभानेत्री सुधा सिंह च्याटर्जी, मोहम्मद आहीद, सुकात कर, सम्पा नन्दी, किशोर मण्डल लगायत पार्टीका अन्य नेतृत्वहरू उपस्थित थिए। रगतको कमी दूर गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरेको डाक्टरहरूले बताए। शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.