फुलबारीमा रक्तदान शिविरको आयोजना

राजगञ्ज : महानवी हजरत मोहम्मदको जन्मदिनको अवसरमा आज फुलबारीमा रक्तदान शिविरको आयोजना गरियो। राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको आमायदिघीमा सुन्नाह फाउन्डेसनको पहल तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगितामा उक्त शिविरको आयोजना गरिएको हो। यस अवसरमा सुन्नाह फाउन्डेसनका प्रेसिडेन्टले भने, महानवी हजरत मोहम्मदको जन्मदिनको असवरमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। शिविरमा मोठ 50 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *